देशमा खुला बजार प्रतिस्पर्धासँगै बैंक तथा वित्तीय सस्थाहरु आफ्नो शाखा विस्तारमा तल्लिन छन् । विस्तारसँगै वित्तीय सस्थालाई नयाँ लगानीकर्ता चाहिएको छ । यसको परिणाम हिजो साहुकोमा चर्को ब्याजमा पैसा सापट लिने ऋणीहरु बैंक तथा वित्तीय क्षेत्रको सम्पर्कमा आउँन थालेका छन् । केही वर्षअघिसम्म व्यवसायीको ऋण लिन चाहनेहरुलाई बैंकसम्मको पहुँच पनि थिएन । तर, आज गाउँ घरमा वित्तीय संस्थाको उपस्थितीले ऋण लिन साहुँकोमा जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।
‘नङ र माशु’को सम्बन्ध भनेझै यतिखेर बैंक र व्यवसाय गर्नेको सम्बन्ध मजबुत हुँदै गएको छ । बैंकले लगानीकर्तालाई आकर्षित गर्न विभिन्न सुविधाहरु पनि दिन थालेका छन् । वित्तीय पहुँचकै कारण कतिपय महिलाहरु चुलोचौको देखि हाट बजार व्यवसायमा सामेल भएका छन् । आफ्नै नाममा बैंकबाट ऋण लिएर व्यवसाय गर्दा आजको परिवेशमा महिलाहरुको परिभाषा फेरिदै गएको छ । महिलाको सुरक्षा सम्मान र रोजगार संमृद्ध नेपालको आधार नै बन्न थालेको छ । रोजगार समृद्ध बनाउँन विशेष भूमिका यतिखेर बैंकले खेलेका छन् । नयाँ काम गर्न चाहने र आर्थिक साधनको अभाव लगानी विस्तार गर्न नसक्नेहरु बैंकबाट ऋण लिएर धमाधम व्यवसाय विस्तार गर्न सक्ने भएका छन् ।
यसबाट एकातिर उद्योग व्यवसायमा लगानी बढेको छ भने अर्कोतिर अर्थतन्त्रको खम्बा मानिएको बैंक तथा वित्तीय संस्था सबल हुँदै गएको छ । बैंकको साथ पाएपछि व्यवसाय क्षेत्रमा उद्यमी कसरी फष्टाउँदै गएका छन्, यस्को राम्रो खोजी हुन थालेको छ । यसै क्रममा बैंकबाट लगानी गरेर राम्रो व्यवसाय गरिरहेका उद्योग व्यवसायीहरुको सफलताको कथा हामीले खोजेका छौं । लगानीको अभावमा अगाडि बढन समस्या भोगिरहेकाहरुलाई कसरी बैंक तथा वित्तीय क्षेत्रले सहयोग पु¥याएको छ त्यस्को खोजी वाणिज्य न्युजकी संवाददाता विशेषता राईले गरेकी छिन् ।
सख्खर ब्यवसायमा चम्कदै ‘चैंनपुरे भान्जा मार्ट’
झापाको दमक–५ मा ‘चैंनपुरे भान्जा मार्ट’ संचालन गर्दै आएकी छिन् तुलसादेबि विष्ट । व्यवसायको केही ज्ञान भएकी उनमा मध्यम वर्गको व्यवसाय गर्ने तीब्र इच्छा थियो । अझै ज्ञान लिदै ब्यवसाय फैलाउनु उनको भित्री चाहना । त्यसको लागि लगानी मुख्य साधन भयो नै, लगानी बेगर ब्यवसाय फैलाउँनु असम्भव नै थियो । कसरी लगानी जुटाउने उनमा चिन्ता थियो । ‘त आँट म पु¥याउछु’ भनेझैं विकल्प खोज्दै जाँदा उनको नजर पुग्यो नविल बैंकमा ।
विश्वब्यापी रुपमा फैलिएको कोरोनाले झन् चुनैति थपिदिएको थियो नैं, विश्वलाई कोरोनाले आक्रान्त पारेको समय हिम्मत गरेर ब्यवसाय गर्नु तुलसाका लागि चुनौति थियो । सफलता प्राप्त गर्न चुनैतिको समाना त गर्नै प¥र्यो । उनले पनि हिम्मत कसेर नबिल बैंकबाट १० लाख ऋण निकालेको बताउँछिन् । ‘कोरोनको डर त छदै थियो, डराएर भएन मैले १० लाख ऋण निकाले’ –उनी भन्छिन् ।
बैंकबाट निकालेको पैसा उनले पहाडी भेगमा उत्पादिन खाद्यान्न आयात गरेर बिक्री गर्ने निधो गरिन् । उनलाई ब्यवसायमा श्रीमानले सपोर्ट गरे । पूर्वी पहाड संखुवासभाको सख्खर, कुचो, अदुवा जस्ता समानको खरीद गरेर उनका श्रीमानले दमकसम्म ल्याउने अनी तुलसाले ती सामानलाई पूर्वी तराईका जिल्लामा बिक्री गर्ने गरेकी छिन् । ‘श्रीमानले चैनपुरबाट सामान ल्याउनु हुन्छ, म भने पूर्वी बजारमा बिक्री गर्छु,–तुलसा भन्छिन् । ‘सख्खरको ब्यापार हामीलाई फाबेको छ ।’ तुलसा ब्यवसायको सफलता सुनाउँछिन् ।
सख्खरको ब्यवसाय उनीहरुको होलसेल पसल हो । पहाडी भेगबाट आयात हुने भएकाले धेरैले सख्खरलाई मन पराएका छन् । ‘यो अर्गानिक छ भनेर ग्राहाकले मन पराउनु हुन्छ ।,’ तुलसा भन्छिन् ।
चैंनपुरे भान्जा मार्टकै आवरणमा संखुवासभाको चैंनपुर लगायतका स्थानबाट सामान ल्याएर प्रदेश एकको झापा, मोरङ, सुनसरी सप्तरी सम्म उनीहरुको ब्यापार विस्तार भएको छ । कस्टुमरले फोनबाट अर्डर गर्ने वित्तिकै तुलसाले समान पठाउँछिन् ।
यो सफलता भित्रको एक राज हो बैंकले दिएको ऋण । यदी बैंकले ऋण नदिएको भए आज तुलसालाई लगानीको अभावमा संखुवासभामा उत्पादिन बस्तु तराईका क्षेत्रमा ल्याएर बिक्री गर्न सम्भब थिएन ।
किराना पसलसँगै फलफूल पसलको योजनामा रहेकी साबित्रा
झापाको दमकमा स्थाई बसोवास भएकी २६ वर्षिय साबित्रा खड्काको पुर्खेली घर ओखलढुङ्गा हो । उनी सानै उमेर देखि व्यवसायमा लागिन् । झण्डै १६ वर्ष व्यवसायमा आवद्ध उनी दमककै अमनआर्यन किराना पसल संचालन गर्दे आएकी छिन् ।
लामो समय देखि व्यवसायमा लागेपनि उनलाई आर्थिक समस्याले छोडेन् । समस्याबाट पार हुनको लागि व्यवसायमा राम्ररी लाग्नु नै थियो । त्यस्को लागि ब्यवसायमा थप लगानी गर्नुको अर्को बिकल्प थिएन ।
‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझै उनले इच्छा पुरा गर्ने काम नबिल बैंकले गरिदियो । त्यो भनेको बैंकबाट १० लाख ऋण लिएर उनले आफ्नो किराना पसलमा लगानी गरिन् । श्रीमानको साथ र बैंकको आर्थिक सहयोगले गर्दा अहिले उनको व्यवसाय पहिलाको भन्दा निकै फष्टाएको उनी बताउँछिन् । “पहिले तरकारी पसल देखि अहिले ठूलो किराना पसल थापेका छौँ ,‘‘ भन्छिन् उनी ।
‘अब फलफुल पनि बिक्री गर्ने सोचमा छौँ ‘ ,–खड्का भन्छिन् । यसरी ऋण दिने र व्यवसाय फष्टाउने देन वित्तीय क्षेत्रलाई रहेको छ । आज बैंक तथा वित्तीय संस्थाकै कारण निजी क्षेत्र अगाडि बढन सकेको छ । पसलमा राम्रो व्यापार भएको र पहिलाको भन्दा अहिले आफ्नो आर्थिक स्थितीमा सुधार आएकोमा उनी बताउँछिन् ।
ऋण पाएपछि किराना र टेलर दुवै पसल संचालन गर्दै
पाँचखपन, सङ्खुवासभाकी लिला राई उमेरमा ३१ वर्षमात्र पुगेपनि उनमा व्यापार व्यवसायको लामो अनुभव छ ।
टेलर संचालन गर्दै आएकी लिलालाई किराना पसल चलाउने मन थियो । पैसाको अभावले गर्दा उनले किराना पसल चलाउन सकेकी थिइनन् । त्यसैबिच उनले नबिल बैंकबाट ऋण लिने योजना बनाइन् । बैंकबाट १० लाख ऋण लिई उनले हाल किराना र टेलर दुवै पसल संचालन गर्दै आएकी छिन् ।
‘नबिल बैंककै सहयोगबाट हामीले यो गर्न सम्भव भएको हो,’ लिलाले भनिने, ‘उहाँहरुले तपाईंको काम राम्रो छ, ल गर्नुस् भन्नुभयो, हामीलाई बैंकले लगानी गरेपछि सजिलो भयो ।’– लिला बताउँछिन् ।
बैंकबाट ऋण लिएपछि उनको व्यवसाय मौलाएको छ । सेक्युरेटी गार्डमा काम गर्ने श्रीमानले समेत ब्यवसायमा साथ दिँदा व्यवसाय मौलाउदै गएको हो । यतिखेर लिला व्यवसाय गर्दै कमाएको पैसा नविल बैंकमा नै राख्दै आएकी छिन् । कमाई बैंकमै राखेकाले गर्दा किस्ता तिर्न पनि सजिलो भएको छ ।
‘पैसा कमाएको नबिलकै खातामा राख्ने गरेको छु, बैंकले त्यहीबाट ब्याज र सावा कटाउँछ,’– लिला बताउँछिन् ।
वित्तीय सस्थाका कारण कसैसँग शिर झुकेन
सङ्खुवासभाकै तारा बिष्ट ३५ वर्षियका भए । जीबन जगतमा उनको यो समय सबैभन्दा धेरै कमाउने हो । यही सोचेर उनले किराना पसल संचालन गरे, तरपनि उनको व्यवसाय सोचेको जस्तो मूनाफा कमाउने खालको भएन । व्यवसाय राम्रो नचल्ने र व्यापार नबढेकोले उनी चिन्तित् थिए नै, कसरी व्यवसाय अगाडि बढाउने भन्नेमा उनी सोच मग्न थिए । उनमा नयाँ जुक्ती फुर्र्यो, त्यो थियो बैंकबाट ऋण निकालेर भएपनि व्यवसाय राम्ररी गर्ने । उनले ऋणको लागि नबिल बैंकलाई रोजे । छिटो र सस्तो दरमा ऋण दिने सस्था थियो, नबिल बैंक । अन्ततः उनले नबिल बैंकबाट ६ लाख ऋण लिए ।
बिष्ट भन्छन्, –“बैंकले ऋण नदिएको भए, आर्थिक रुपमा निकै गाह्रो हुने थियो मलाई ।”
अहिले राम्रो व्यापार भएको र बचत पनि भई रहेको बताउँछन् उनी । व्यवसायमा राम्रो त छदै छ उनले आफूले बैंककै कारण गाउँघरमा चर्को ब्याजमा साहूसँग हात फैलाउनुपर्ने बाध्यता हटेकोमा दंग छन् ।
‘बैंकको सिस्टममा रहेर पैसा तिर्दा कसैसँग शिर झुकेन यही नै ठूलो फाइदा हो’ –उनी बताउँछन् । उनी अगाडि थप्छन्–‘हामी जस्ता साना–मझौला ब्यवसाय गरेकालाई वित्तीय सस्थाले लगानी गर्नले हौसला मिलेको छ ।’
‘नबिल बैंकको सबैभन्दा राम्रो पक्ष भनेको ब्याजको दरलाई तुरुन्तै तलमाथि गर्दैन,’ उनले भने, ‘त्यसले गर्दा ऋणीहरुलाई सजिलो भएको छ ।’
बैंकबाट ऋण लिई तराई–संखुवासभा ट्रयाक्टरमा ढुवानी
तराई देखि सङ्खुवासभा, खादबारीसम्म ट्रयाक्टर चलाउनेमा पर्छन् असित राई । ३१ वर्षको लक्का जवान उमेरमा आफ्नै ट्रयाक्टरमा हुईकिनुको मज्जा अर्कै छ ।
पहिला ज्यामी काम गर्ने गरेका राई हाल आफ्नै ट्रयाक्टरको मालिक भएर सङ्खुवासभामा तराईबाट ढुवानीको सामान बोकेर आफै पहाडी बाटोमा हुइकिने गरेका छन् । उनी आफ्नो ट्रयाक्टरमा किराना सामान, ढुङ्गा, बालुवा, माटो र अन्य बोक्ने गर्छन् ।
शुरुमा आफूलाई ट्रयाक्टरको साहु हौला भन्ने सोच थिएन् । रहर त थियो नै आफ्नै नाममा ट्रयाक्टर किन्ने, तर त्यस्को लागि पैसा थिएन् । उनले वित्तीय क्षेत्रमा आँखा डुलाए । ‘त आँट म पु¥याउँछु‘ भनेझै बैंकबाट ऋण निकालेर ट्रयाक्टर किन्ने निधो गरे ।
नबिल बैंकबाट १० लाख ऋण लिई उनले आफै ट्रयाक्टर निकाले । ऋण लिएर सपना साकार बनाएका उनले ट्रयाक्टरबाट निकै राम्रो कमाइ गर्दै आएकोमा खुसी छन् । राई भन्छन् “ज्यामी काम गर्दा पैसा हुदैन थियो, अहिले त राम्रो कमाइ छ । घरमा पनि ठूलो आर्थिक सहयोग पुगेको छ ।”
त्यसमा आफू धेरै सन्तुष्टी भएको राई बताउछन् । घरपरिवारको पुरा साथ र सकरात्मक प्रतिकृयाबाट पनि ढुक्क भएका राई केही बर्षमा बैंकको ऋण तिरेर थप ट्रयाक्टर किन्ने सोचमा छन् ।


