सनराइज बैंक लिमिटेडले ताप्लेजुङ्ग फक्ताङलुङ गाउँपालिका शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७२ पुगेको छ । फक्ताङलुङ गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष छोवाङ शेर्पाको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन सुरुवात गरेको हो । बैंकले फक्ताङलुङ गाउँपालिका वडा नं.–६, लेलेप, ताप्लेजुङ्गमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको व्यवसाय प्रतिनिधिका रुपमा फुपु डोमा शेर्पालार्ई नियुक्त गरेको छ ।
कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।
बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।
सो कार्यक्रममा फक्ताङलुङ गाउँ कार्यपालिकाका सदस्य श्रीमती पेम्बा फुटी शेर्पा, साविक लेलेप गा.वि.स.का पुर्व गा.वि.स. अध्यक्ष ग्याजो भोटिया, निर्माण व्यवसायी तथा समाजसेवी जस बहादुर चेम्जोङ, स्थानिय व्यवसायी तथा समाजसेवी पेम्बा छिरीङ शेर्पा समेतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा सन्राइज बैंक लि. फुङलिङ शाखाका शाखा प्रबन्धक ध्रुब प्रसाद बाँस्कोटा र शाखाका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ७२ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


