काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेवाग्राहीको आवत जावत कम हुने गरी सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोरोना संक्रमणको जोखिम बढेको भन्दै सेवालाई सकेसम्म विद्युतीयमाध्यमबाट गर्न÷गराउन निर्देशन दिदै परिपत्र गरेको हो ।
बैंकले सोमवार ९ बुँदे परिपत्रमा सेवाग्राहीको भिडभाड नहुने र भौतिक दुरी कायम हुने गरी व्यवस्था मिलाउन भनेको छ । साथै, भौतिक आवतजावतसकेसम्म कम हुने गरी विद्युतीय माध्यमबाट गर्न र गराउन प्रोत्साहन गर्न भनेको छ । त्यसैगरी बैठक, गोष्ठी, सेमिनार, तालिम, जस्ता कार्य सकेसम्म भर्चुअलमाध्यमबाट गराउन पनि निर्देशन दिएको छ ।



