काठमाण्डौ महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई दुई करोड रुपैयाँ सहयोग गर्ने भएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।
बाढी प्रभावितको राहत तथा उद्धारका लागि सो रकम दिइने महानगरपालिकाले जनाएके छ ।
एक साता देखि परेको परिरहेको पानीले मंगलबार राती देखि बुधबार विहान मेलम्ची र इन्द्रावती नदीमा बाढी आउदाँ सात जनाको मृत्यु भइसकेको छ भने २० जना वेपत्ता छन् । साथै कैयौँको सख्ँयामा बेघर भएका छन् । बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनामा पनि क्षति पु¥याएको छ ।


