Banijya News

नबिल बैंकद्वारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

1
1.1K Shares

नबिल बैंक लिमिटेडले नेसनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ। आफ्नो ३७औँ वार्षिकोत्सवको अवसरमा सोमवार एक कार्यक्रमकबीच सो प्लान्ट हस्तान्तरण गरिएको हो।

प्लान्ट स्थापनाका लागि बैंक र अस्पतालबीच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो। समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर/प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएको छ।

नबिलले उक्त प्लान्ट आफ्नो वार्षिकोत्सवको दिन पारेर वीर अस्पताललाई हस्तँन्तरण गर्न सफल भएको जनाएको छ । उक्त प्लान्ट स्थापनाका लागि बैंक र अस्पताल वीच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी अनुसार बैंकले ५० क्युबिक लिटर/प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड-१९ को महामारी सुरु भएदेखि नै सरकारलाई सहयोग गर्दै आएको छ। गत वर्ष कोभिड १९ को प्रतिकार्यका लागि बैंकले नेपाल सरकारलाई रु. ६ करोड नगद सहयोग गरेको थियो।

नबिल बैंकले आफ्नो ३७औँ वार्षिकोत्सवका अवसरमा विभिन्न छुट अफर ल्याएको जनाएको छ। वार्षिकोत्सवको अवसरमा बैंकले ग्राहकका लागि कार्ड, स्मार्ट बैंक लगायत लकरमा विभिन्न छुट प्याकेज सहित ‘खुशीका ३७ दिन’ अफर ल्याएको हो।

यस अफर अन्तर्गत नबिल बैंकले आजदेखि ३७ दिनसम्म नयाँ व्यक्तिगत बचत खातामा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आईकार्ड, नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) र लकर शुल्कमा विशेष छुटको व्यवस्था गरेको जनाएको छ।

1

Scroll to Top