Banijya News

महालक्ष्मी विकास बैंक र एमएडब्लूबीच सम्झौता

1
1.1K Shares

साउन १७, काठमाडौं ।
महालक्ष्मी विकास बैंक र एमएडब्लूबीच सम्झौता भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउन लागि एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रालिसँग सम्झौता गरेको हो ।
सम्झौताअनुसार एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्सबाट फोटोन गाडी खरिद गर्न चाहने बैंकका ग्राहले सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ । ग्राहकल अधिकतम ८ वर्षका लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । हाल बैंकले देशभरमा १ सय ३ शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको र सबै शाखाबाट उक्त सुविधा प्राप्त हुने जनाइएको छ ।

 

1

Scroll to Top