Banijya News

माछापुच्छ्रे बैंक २२ वर्षमा, १० दिने क्यास ब्याक अफर सार्वजनिक

1
1.0K Shares

माछापुच्छ्रे बैंक २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैँकले २० वर्ष भन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ । यसैगरी बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको आफ्नो १० दिने क्यासब्याक अफरको विजेता घोषणा पनि गरिएको छ ।

डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाईल बैकिंङ्कबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसुङ्ग ग्यालेक्सी एस २१ फोन प्राप्त गरेका छन् ।
जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ–कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१० सम्म र अफर अवधिभर अधिकतम २१०० सम्मको क्यास ब्याक पाउन सक्ने बैंकले नजाएको छ ।
क्यास ब्याकको अतिरिक्त ग्राहकहरुलाई दैनिक आकर्षक उपहारहरू पनि प्रधान गरी रहेको छ । डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाइल बंैकिङ्गबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एकजनाले मेगा बम्पर उपहार स्वरुप फोन पेको तर्फबाट सामसुङ ग्यालेक्सी एस २१ प्राप्त गर्न सक्नेछन् ।

1

Scroll to Top