अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पुस १९ गते कम्पनीलाई १ः१ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशनको स्वीकृति प्रदान गरेको थियो ।
यसैअनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।
कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनको लागि माघ १५ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार माघ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको केन्द्रिय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि.आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्ने छन् ।


