Banijya News

नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनीसँग सम्झौता

1
1.2K Shares

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ । राष्ट्र बैंकले ४२ करोड थान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्तिको लागि चीनको बेइजिङमा रहेको ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको हो ।

राष्ट्र बैंकका अनुसार नोट छाप्नका लागि उक्त कम्पनीलाई बोलकबोल मार्फत छनोट गरिएको हो । सोमबार उक्त कम्पनीसँग करार सम्झौता समेत गरिएको छ । उक्त कम्पनीलाई नोटको डिजाइन तथा छपाइका लागि एक अर्ब ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी दिइने राष्ट्र बैंकले जनाएको छ ।

1

Scroll to Top