Banijya News

बालेन र कुलमान गएनन् रास्वपाको एकता सभामा

1
1.2K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘वृहत् राजनीतिक समायोजन घोषणा सभा’मा वरिष्ठ नेता बालेन्द्र शाह र वरिष्ठ उपसभापति कुलमान घिसिङ अनुपस्थित रहेका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आयोजित कार्यक्रममा सभापति रवि लामिछाने, उपसभापतिहरू डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले लगायतका नेताहरू सहभागी थिए । नागरिक उन्मुक्ति पार्टीका पूर्व नेता तथा थरूहट÷थारूवान आन्दोलनका अभियन्ताहरूलाई रास्वपामा समायोजन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।


कार्यक्रमस्थलमा राखिएको ब्यानरमा सभापति लामिछानेको दायाँ–बायाँ ठूला तस्बिर प्रोजेक्ट गरिएको थियो। तर, यही कार्यक्रममा पार्टीका वरिष्ठ नेता भनिएका बालेन शाह र वरिष्ठ उपसभापति कुलमान घिसिङ भने देखिएनन्।

यसअघि भएको सहमतिअनुसार बालेन्द्र शाह रास्वपाको वरिष्ठ नेता तथा आगामी प्रधानमन्त्रीको उम्मेदवार बन्ने सहमति भएको बताइएको थियो। त्यस्तै, कुलमान घिसिङलाई पार्टीको वरिष्ठ उपसभापति बनाउने सहमति पनि भएको थियो।

1

Scroll to Top