मानिसले धेरै समयसम्म मोबाइल फोनमा व्यस्त रहँदा मस्तिष्कमा थकान उत्पन्न हुन्छ । विशेषज्ञका अनुसार, लगातार स्क्रीन हेर्ने बानीले ध्यान केन्द्रित गर्न गाह्रो बनाउँछ र मानसिक दबाब बढाउँछ। यसले मानव जीवनमा नकारात्मक असर गर्छ ।
मोबाइलमा लगातार स्क्रीन हेरिरहदा मस्तिष्क अत्यधिक सक्रिय हुने र न्युरोनहरूमा दबाब बढ्ने समस्या उत्पन्न हुन्छ। यसले मानसिक थकान पैदा गर्छ र ध्यान केन्द्रित गर्न गाह्रो बनाउँछ। धेरै मोबाइलमा समय बिताउने बानीले दिमागमा लगातार सूचना भार सिर्जना गर्छ। आजको समयमा विद्यार्थी र कार्यालयका कर्मचारीमा यस्तो समस्या बढी देखा पर्नेगरेको छ। अत्यधिक मोबाइलको प्रयोगले निन्द्रा चक्रमा ठूलो असर पार्ने गर्दछ। विषेशगरी रातिको समयमा मोबाइलको अत्यधिक प्रयोग गर्नु वा सामाजिक सञ्जालमा इन्भोल्ब हुनाले शरीरको आरामको समय कम गर्छ। जसले दिनभर ऊर्जा स्तर घटाउँछ र मस्तिष्कलाई एकदमै थकान महसुस गराउँछ। लामो समयसम्म यसरी मोबाइल फोनको प्रयोगले मानव जिवनमा मानसिक स्वास्थ्य समस्या दीर्घकालीन असर पार्न सक्छ।
यस्तै, यसको अत्यधिक प्रयोगले स्मरण शक्ति र सिकाइ क्षमतामा समेत असर पर्छ। लगातार मोबाइल फोन हेर्दा मस्तिष्क भारी हुन्छ र दैनिक कार्यहरूमा कमजोरी देखिन थाल्छ। त्यसपछि मानिसहरू सजिलै ध्यान भंग हुने र असमय थकान महसुस गर्ने अवस्था अनुभव गर्छन्। साँथै यसले तनावग्रस्त र चिडचिडापनको पनी वृद्धि गर्छ। जुन आजको समयमा मानिसका लागी एकदमै ठुलो समस्या भएको देख्न सकिन्छ । विशेषज्ञका अनुसार मोबाइलको प्रयोग न्युनतम गर्नु आवश्यक छ। जस्तै छोटो ब्रेक लिनु, आँखाको व्यायाम गर्नु र समय तालिका अनुसार मोबाइल प्रयोग गर्नु स्वास्थ्यको लागि लाभदायी मानिन्छ। यस्तै साना परिवर्तनलको कारण दीर्घकालीन मानसिक र शारीरिक स्वास्थ्यमा छिटै सुधार आउँछ।


