नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी करण केसी विवाह बन्धनमा बाँधिएका छन् । उनले सञ्चारकर्मी वर्षा वस्नेतसँग विवाह गरेका हुन् । भारतको चण्डीगढमा विवाह गरेका हुन् । करण र वर्षा लामो समयदेखि प्रेममा थिए । केही समयअगाडि उनीहरूले इन्गेजमेन्ट गरेका थिए ।
“सुख–दुःख, दुःख–सुख सबै बाँडेर अन्तिम सास फेर्छु तिमीसँगै । बाँचेर दिनहरू दुःखका नआउला भन्दिनँ,” वर्षाले विवाहको तस्बिर फेसबुकमा सार्वजनिक गर्दै लेखेकी छन्, “तर, कटाउनेछु सबै–सबैसँगै हाँसेर, वाचा भयो तिमीलाई मेरो ।” करणले पनि यही स्टाटस आफ्नो फेसबुक पेजमा पोस्ट गरेका छन् ।


