Banijya News

मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा

1
1.0K Shares

मुक्तिनाथ विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख ५६ हजार २८३ कित्ता संस्थापक शेयर ल्याएको छ ।

बैंकले शेयर लिलामी प्रक्रियामार्फत आजदेखि शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा बैंकका संस्थापक शेयरधनीसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ। शेयर खरिद गर्न इच्छुकले जेठ १४ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन् भने न्यूनतम २५ हजार कित्ता शेयर खरिदका लागि बोलपत्र पेस गर्नुपर्नेछ।

1

Scroll to Top