सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा गरेका छन् । त्यसमध्ये १० प्रतिशत वृद्धि शुरु स्केलमा हुनेछ । त्यसबाहेक १० प्रतिशत तलब भने मासिक प्रोत्साहन भत्ताका रुपमा हुने छ । त्यस्तै, अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिएको उनले बताए । विगत चार वर्षदेखि तलब वृद्धि नभएको र यसबीचमा १७.३ प्रतिशत महँगी बढेको उनले बताए । सुरु स्केलमा १० प्रतिशत र कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुआत गर्न नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको हो ।
यसबाट हाल खाईपाई आएको तलबमा २१ प्रतिशत वृद्धि भई ग्रेडसहित न्यूततम परिश्रमिक ४० हजारदेखि एक लाखमाथि कायम हुने जानकारी दिए ।


