Banijya News

लकडाउन उल्लंघन गर्ने सवारी साधन धमाधम नियन्त्रणमा

1
1.1K Shares

चैत १३, काठमाडौं ।
लकडाउन उल्लंघन गर्ने २ सय ३५ गाडीलाई काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेको तेस्रो दिन लकडाउन उल्लंघन गर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । बिहीबार लकडाउन उल्लङ्घन गर्ने दुई सय २५ वटा मोटरसाइकल र २८ वटा चार पाङग्रे गाडीसहित दुई सय ५३ वटा गाडी नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिम ढकालले जानकारी दिनुभयो । ढकालले दूध, पानी, खाद्यान्न, तरकारी लगायतका अत्यावश्यकीय खाद्यान्न ढुवानीका साधनलाई भने कारवाही नगरेको बताउँनुभयो ।

1

Scroll to Top