Banijya News

कर्नासी र सेती नदी नियन्त्रणमा आलेले गराए सरकारको ध्यानाकार्षण

1
1.1K Shares

 

प्रतिनिधि सभा सदस्य प्रेम आलेले डोटी जिल्लाको कर्नासी र सेती नदी नियन्त्रणका लागि सरकारको ध्यानाकार्षण गराएका छन् ।

आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले विगतमा उक्त नदी नियन्त्रणका लागि पटक–पटक आवाज उठाउँदा अर्थमन्त्रीले एउटा कानले सुनेर अर्को कानले उडाउने काम गरेको उनको आरोप छ । नेता आलेले यस पटक उक्त नदी नियन्त्रणका लागि बजेट विनियोजना नभए राम्रो नहुनेसमेत चेतावनी दिए ।

‘डोटी जिल्लाको जुरायल गाउँपालिका कर्नासी नदी र डोटी जिल्ला अन्तर्गत नै सेती नदी नियन्त्रण मैले पटक–पटक मन्त्रीज्यूलाई भनेको थिएँ । उहाँले एउटा कानले सुन्नुभयो, अर्को कानले उडाउनु भयो । फेरि हामी बजेटको नजिकमा छौं । सय घर विस्थापित भइसकेका छन् । अहिलेको बजेटमा यो व्यवस्थापन भएन भने त्यसपछि यसको जिम्मेवार तपाईँ आफैं हुनुहुनेछ,’– उनले भने ।

 

त्यस्तै, धनगढी, दिपायले हुँदै उरे भञ्ज्याङ सडकलाई कम्तिमा पनि दुई अर्ब बजेट माग गरेका छन् । उनले उक्त सडक त्रिदेशीय महत्वको रहेको भन्दै प्राथामिकता दिन आग्रह गरे ।

 

1

Scroll to Top