Banijya News

एसएमई कर्जामा तिन करोडसम्मको ऋणमा जोखिम भार ६० प्रतिशत मात्रै :राष्ट्र बैंक

1
1.0K Shares

नेपाल राष्ट्र बैंकले साना तथा मझौला उद्योग (एसएमई) क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिम भार घटाएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरेको छ । यस निर्देशिका अनुसार साना तथा मझौला उद्योग (एसएमई) लाई ३ करोड रुपैयाँसम्मको ऋण प्रदान गर्दा जोखिम भार ६० प्रतिशत मात्र लाग्ने व्यवस्था गरिएको छ ।

यस नयाँ नियमले कृषि, सूचना प्रविधि र उत्पादन उद्योगसँग सम्बन्धित एसएमईलाई निक्षेप तथा क्रेडिट ग्यारेन्टी कोषबाट ग्यारेन्टी प्राप्त हुनुपर्छ वा जग्गा ररवा भवनको सम्पूर्ण सुरक्षा सहित हुनुपर्छ, जसमा कम्तीमा २५ प्रतिशत बढी मार्जिन हुनुपर्नेछ। साथै, प्रोजेक्ट बीमा भएको ऋणमात्रै जोखिम भार घटाइएको वर्गमा पर्नेछ। यसरी सुरक्षा र बीमा दुवैको व्यवस्था गरेर बैंकको जोखिम न्यून गर्न सकिनेछ।

यस कदमले साना तथा मध्यम व्यवसायहरूको वित्तीय पहुँच बढाउने र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

1

Scroll to Top