Banijya News

महालक्ष्मी विकास बैंकको कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा

1
1.0K Shares

महालक्ष्मी विकास बैंकको काठमाडौं–३०, ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबको आज शुक्रबार औपचारिक रूपमा उद्घाटन भएको छ । एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले कफि लाउन्जसहितको डिजिटल हब कार्यालय भवनको उद्घाटन गरेका हुन् ।

सो कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरु र बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

डिजिटल बैंकिङ सेवालाई आधुनिकीकरण, सुरक्षित, प्रविधि तथा ग्राहकमैत्री बनाउँदै लैजाने बैकको नितिलाई निरन्तरता दिँदै बैंकिङ सेवामा नवीनतम अवधारणाको प्रयोगको रुपमा कफी लाउञ्जको सुविधा समेत थप गरिएको बताइएको छ । यसअन्तर्गत ग्राहकले आरामदायी वातावरणमा बसेर नगद रकम जम्मा गर्ने, चेक क्लियरिङ गर्ने, नगद झिक्ने तथा अन्य विद्युतीय कारोबारहरुको विशिष्ट अनुभव लिन सक्नेछन् ।

डिजिटल प्रविधिको प्रयोगमा युवाहरुलाई आकर्षित गर्न तथा ग्राहकहरु माझ पहुँच विस्तार गर्न सञ्चालनमा ल्याइएको यस कफि लाउञ्ज सहितको डिजिटल हब मार्फत डिजिटल बैंकिङ सेवा सम्वन्धी परामर्श समेत प्रदान गरिने भएकोले ग्राहकहरुको लागि सिकाई र अनुभवको केन्द्र बन्ने अपेक्षा बैंकले लिएको जनाएको छ ।

1

Scroll to Top