July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

नेपालको आर्थिक वृद्धिदर २.७% रहने विश्व बैंकको संशोधित प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर २.७% रहने विश्व बैंकको संशोधित प्रक्षेपण

जेठ २७, काठमाडौं ।
विश्व बैंकले सन् २०२०÷२१ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने अनुमान गरेको छ । यसअघि गत जनवरीमा विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको थियो । विश्व बैंकले त्यस बेलाको प्रक्षेपणलाई परिमार्जन गरी २.१ प्रतिशत बिन्दु थप गरेको हो ।

विश्व बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१ मा दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर ६.८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । यो अनुमान यसअघि प्रक्षेपण गरिएभन्दा ३.६ प्रतिशतले बढी रहेको उल्लेख छ । सन् २०२१÷२२ मा भारतको आर्थिक वृद्धिदर ८.३ र २०२२÷२३ मा ७.५ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ । दक्षिण एसियामा बंगलादेश र भुटानको अर्थतन्त्र भारतपछि सुधारोन्मुख देखिएको छ ।

सन् २०२१ मा विश्वको आर्थिक विकास ५.६ प्रतिशतले वृद्धि हुने विश्व बैंकको अनुमान छ । विश्व अर्थतन्त्र आर्थिक संकटबाट पछिल्लो ८० वर्षयता तीव्र पुनउत्र्थानतर्फ अघि बढिरहेको पनि उल्लेख छ । कोभिड–१९ को आगामी लहरहरु, आर्थिक तनाव र उच्च ऋणको कारण विश्व अर्थतन्त्रमा जोखिम कायमै रहेको निष्कर्ष पनि विश्व बैंकको छ ।