Banijya News

एनआईसी एशिया बैंकको डिजिटल दक्षिणा योजनाः भाइटिकाको दक्षिणा दिदाँ रु १०० उपहार

1
1.1K Shares

एनआईसी एशिया बैंकले डिजिटल रकम स्थानान्तरणलाई प्रोत्साहन गर्न भाईटिका २०७७ को उपलक्ष्यमा डिजिटल दक्षिणा योजना ल्याएको छ ।

‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले भाईटिकामा ग्राहकहरूले आफ्ना दिदीबहिनीलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङ्गमार्फत प्रदान गरेमा दक्षिणा रकममा थप रू.१०० बैंकले आफ्नो तर्फबाट प्रदान गरिदिने जनाएको छ ।
यस बैंकमा आबद्ध ग्राहकहरूलाई भाईटिकाको दिनको लागि यो योजना लागू गरिएको र यो योजनामा सहभागी हुन न्यूनतम रू. ५०० स्थानान्तरण गर्नुपर्ने बैंकले जनाएको छ ।
यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम तीन सय रुपैयाँसम्म दक्षिणा प्राप्त गर्न सक्नेछ । सो रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहकको बैंक खातामा जम्मा गरिदिनेछ ।

उक्त रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावको बैंक खातामा जम्मा गर्नेछ । यस योजनाअन्तर्गत MoBank एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहक महानुभावहरूले MoBank एपमा रहेको Digital Dakshina मा ट्याप गरी आफुले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा Remarks मा BHAITIKA अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ । भाईटिकाको दिन दिदीबहिनीहरूको हातबाट टिका ग्रहण गरेपछि दाजुभाईले सगुनस्वरूप दक्षिणा दिने प्रचलन रहिआएकोमा डिजिटल माध्यमको प्रयोग गरी दक्षिणा स्थानान्तरण गर्दा डिजिटल बैंकिङ्ग प्रवद्धनमा समेत सघाउ पुग्ने विश्वास लिएको छ ।
बैंकको ‘डिजिटल उत्सव’ योजनामा ग्राहकहरूले १ कात्र्तिकदेखि ५ मंसीर २०७७ सम्म विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गरी मोबाइल बैंकिङ्ग तथा कार्डबाट डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ समेत लिनसक्ने योजना छ ।
बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।

1

Scroll to Top