सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले सभा पुस १८ गते डाकेको हो ।
कम्पनीले सभा पेरिसडाँडा,काठमाडौंस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे हुने बताएको छ । साधारण सभाको प्रस्तावमा आव २०७६र ७७ को वार्षिक प्रतिवेदन पारित गर्ने र आव २०७७र ७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।


