१८ मंसिर, काटमाण्डौ ।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई २९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७ प्रतिशत नगद लाभांशसमेत गरी कुल २९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
गत बुधवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र शेयरधनीले पाउने छन् ।


