Banijya News

सानिमा बैंक र एनसेलबिच सेवाग्राहीलाई निःशुल्क सिमकार्ड र डाटा प्याकेजको सुविधा दिने सम्झौता

1
1.1K Shares

२९ मंसिर, काठमाण्डौ ।


सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप प्रयोगकर्ताहरुका लागि निःशुल्क सिमकार्ड र डाटा प्याकेजको सुविधा दिने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेल आजियाटा लिमिटेडका तर्फबाट प्रमुख कानुन, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका छन् ।


यस सम्झौताअनुसार सानिमा बैंकमा खाता खोली बैंकको मोबाइल एप (सानिमा सजिलो ई–बैंकिङ्ग) सेवा लिने बैंकका सेवाग्राहीहरुलाई करिब रु.३०० बराबरको डाटा तथा भ्वाइस सेवा सहितको निःशुल्क सिम कार्ड प्रदान गरिनेछ । साथै बैंकका ग्राहकहरुले मोबाइल एप प्रयोग गर्न प्रत्येक महिना थप २५० एमबी निःशुल्क इन्टरनेट प्राप्त गर्नेछन् ।


सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ। बैंकले आफ्नो बचत खाताहरुमा बीमाको सुविधाको साथै उच्चतम ब्याज दिँदै आइरहेको छ ।

1

Scroll to Top