काठमाडौं, मंसिर ३० २०७७ ।
सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल,रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले सिद्यार्थ गुप्र अफ हस्पिट्यालिटीसंग सम्झौता गरेको छ ।
सन्राइज बैंक लिमिटेड तथा सिद्यार्थ गुप्र अफ हस्पिट्यालिटी बिच बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिद्यार्थ गुप्रका होटलहरुमा खान, बस्न तथा बेबरेज ९दभखभचबनभक० जस्ता सुबिधाको भुक्तानी गर्दा सन्राइज बैंकको के्र्रडिट तथा डेबिट कार्ड देखाएर वा कार्ड मार्पmत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् ।
उक्त सम्झौता पश्चात सिद्घार्थ गुप्र अन्तर्गत रहेका काठमाडौं उपत्यका तथा उपत्यका बाहिर महेन्द«नगर, कैलाली, बुटबल, सुर्खेत, बिर्तामोड लगायतका अन्य जिल्लाहरुमा अवस्थित होटल, रिर्सोट, रेष्टुरेन्ट तथा क्याफेहरुमा पनि ग्राहकहरुले छुटको लाभ लिन सक्नेछन् । बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नबिनतम् सेवा प्रदान गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप सेवा सुबिधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।


