Banijya News

प्रभु क्यापिटल लिमिटेडले एक वर्षको लागि ग्राहकहरुको फ्रि डिम्याट खाता खोलिदिने

1
1.0K Shares

३० मंसिर, काठमाण्डौँ ।


प्रभु क्यापिटल लिमिटेडले डिम्याट खाता खोल्न चाहने ग्राहकहरुलाई मध्यनजर गर्दै एक वर्षको लागि फ्रि डिम्याट खाता खोलिदिने योजना ल्याएको छ । यो योजना मंसिर २४ गतेदेखि पौष मसान्त भित्र खाता खोल्ने ग्राहकहरुलाई लागु हुने बैँकले जनाएको छ ।


यस योजना अन्र्तरगत खाता खोल्न चाहने ग्राहकहरुको लागि क्यापिटलले निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा प्रदान गर्ने जनाएको छ ।


अहिलेसम्म डिम्याट खाता नखोल्ने ग्राहकहरुले आफू, आफ्नो परिवार तथा साथीभाईहरुलाई यस योजनामा जोडि निशुल्क डिम्याट खाता अनलाइनबाट खोली समय तथा रकमको बचत गरी शेयर कारोबार गर्न आग्रह गरेको छ ।

1

Scroll to Top