Banijya News

टाटा मोटर्सको ग्लोबल सर्भिस क्याम्प सुरु, केही सेवा निःशुल्क

1
1.0K Shares

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङको पाँचौँ ग्लोबल सर्भिस क्याम्प सुरु भएको छ । कम्पनीले आइतबारदेखि पुस ८ गतेसम्म उक्त क्याम्प सञ्चालन गर्ने जनाएको छ ।

कम्पनीका अनुसार कोभिड –१९ को अहिलेको परिस्थितिलाई ध्यानमा राखेर यस वर्षको ग्लोबल सर्भिस क्याम्पको उद्घाटन सिप्रदीको आधिकारिक फेसबुक पेजबाट लाइभ गरिएको थियो ।
यो सर्भिस क्याम्पमा टाटा मोटर्सका कमर्सियल गाडीका ग्राहकले निःशुल्क गाडीको जाँच, विशेष योजनाका साथै अन्य सेवा प्राप्त गर्नेछन् । क्याम्पमा गाडीका पार्ट्स, लुब्रिकेन्ट्स, ब्याट्रीलगायतमा आकर्षक छुट रहेको सिप्रदीका ग्राहक सेवाका विभाग महाप्रबन्धक साम्देन छेरिङ लामाले बताउनुभयो । उहाँले भन्नुभयो, ’क्याम्पमा निःशुल्क बम्पर टु बम्पर चेक अप, निःशुल्क सर्भिसिङ, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स र ब्याट्रीमा भारी छुटलगायतका सुविधा छ ।’ कार्यक्रममा खेल तथा मनोरञ्जनात्मक गतिविधि पनि हुने उहाँले बताउनुभयो । कार्यक्रममा टाटा मोटर्स कमर्सियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररूप मैत्रा, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठलगायत सहभागी थिए ।


निःशुल्क बम्पर टु बम्पर चेकअप, निःशुल्क सर्भिसिङ्ग, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स र ब्याट्रीमा भारी छुट, चालकहरूका लागि निःशुल्क तालिम, हरेक दिन स्मार्टफोन जित्ने अवसर र प्रत्येक दिन टाटा गाडीसम्बन्धी अनलाइन परामर्श जस्ता सुविधाहरु यस वर्षको प्रमुख विशेषताहरु रहेका छन् ।


यसका साथै सर्भिस सेन्टर परिसरभित्र सामाजिक दूरी कायम गर्न सिप्रदीले सर्भिस बुकिङलाई प्राथमिकता दिँदै, सर्भिस प्रि(बुकिङ गर्ने ग्राहकहरुलाई थप उपहारको व्यवस्था पनि गरेको छ । सर्भिस बुकिङ गर्नको लागि ९८०१२२३३४४ मा मिसकल गर्न सकिने कम्पनीको भनाइ छ ।

1

Scroll to Top