३० मंसिर, काठमाण्डौँ ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलवार भर्चुअल माध्यमबाट सम्पन्न सभाले ३५ प्रतिशत लाभांशसहित विविध प्रस्ताव पारित गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७५र ७६ का लागि २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सभामा पेश गरेको थियो । कम्पनीले मंसिर १५ गतेदेखि बुक क्लोज गरेकाले मंसिर १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १५ करोड ३५ लाख ४१ हजार रहेको छ ।


