Banijya News

छ्याङदी हाइड्रोपावरको ५.२६ % लाभांश घोषणा

1
1.1K Shares

छ्याङदी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ३० गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६ र ७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


छ्याङदीले लाभांश प्रस्ताव पारित गर्न पुस २७ गते कम्पनीको केन्द्रिय कार्यालय गैह्रीधारा काठमाडौंमा साधारण सभा बोलाएको छ । सभा भर्चुअल माध्यमबाट हुनेछ । सभामा बोनस सेयर पश्चात कायम हुने पुँजीबाट ३०५ हकप्रद ल्याउने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि छ्याङदीले पुस १७ गते बुक क्लोज गर्दैछ । पुस १६ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन्।


यसका साथै, कम्पनीले लाभांश वितरण गरे पश्चात कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ ।

1

Scroll to Top