काठमाडौं । लण्डनमा सम्पन्न विश्व वियर उद्योगको सर्वोच्च मान्यताप्राप्त प्रतियोगिता ‘लन्डन वियर कम्पिटिसन २०२१’ मा अर्ना बियरले पदक हासिल गरेको छ । २०२१ मार्च १७ मा भएको उक्त प्रतियोगितामा अर्ना ८ ले रजत र अर्ना लाइट बियरले काश्य पदक हासिल गरेको हो ।
यति बु्रअरी प्रालिले तीनवटा फरक–फरक विधामा उच्च अंक प्राप्त गरी विशिष्ट श्रेणीको अवार्ड जितेको हो । अर्ना बियरले गुणस्तर, उपयोगिता र प्याकेजिङमा उच्च अंक प्राप्त गरेर यो सम्मान पाएको कम्पनीले जनाएको छ । योसँगै अर्ना बियर अन्तर्राष्ट्रिय बियर अवार्ड जित्ने पहिलो नेपाली ब्रान्ड बनेको छ ।
लन्डन बियर कम्पिटिसनको लक्ष्य उपभोक्ताले रुचाएका बियरलाई सम्मान गर्नु र उत्सव मनाउनु हो । प्रतिस्पर्धाका निर्णायकले थुप्रै नयाँ तथा पुनः खोज गरिएका शैलीहरूको विभिन्न बिधाहरुमा मुल्याङ्कन गरी बिजता घोषणा गरेका थिए । लण्डन वियर प्रतिष्पर्धाले गुणस्तर, उत्पादन क्षमता, प्राविधिक विशेषज्ञता र उपभोक्ता तथा अन्य सहभागीहरु लगायतको रोजाइको प्रतिनिधित्व समेत गर्दछ ।


