बिहीबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी ब्यावसायी संघका अनुसार स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।


