साझा यातायातले बिजुली बस ल्याउने पक्का भएको छ । साझाले ४० वटा बिजुली बस र २० वटा चार्जिङ स्टेसनकालागि सीएचटीसी कम्पनीसँग सम्झौता गरेको हो ।
कम्पनीले ४ महिना भित्र तीन र बाँकी चार महिनापछि उपलब्ध गराउने बताइएको छ । सबै गाडीको पाँच वर्षसम्म मर्मत सम्भारको जिम्मा पनि कम्पनीले नै लिएको छ ।
२६ सिट क्षमताका यी गाडी साढे ८ मिटरका हुनेछन् । ह्विलचेयर राख्न मिल्ने यी गाडीमा एयर सस्पेन्सन, मोबाइल चार्जिङ पोर्ट, साइकल झुण्ड्याउन मिल्ने र्याक लगायतका सुविधा हुने छन् ।
साझा यातायातले गत चैतमा ४० बिजुली बस खरिदका बोलपत्र आह्वान गरेको थियो । आवेदन दिएका ९ वटा कम्पनी चिनियाँ कम्पनी सीएचटीसी छनोट भएको हो ।


