Banijya News

नेपाली मौलिक गहना निर्यात गरेर रोजगारी बढाउन सकिने

1
1.1K Shares

चुनचाँदी तथा आभूषण व्यवसायीले नेपाली मौलिक गहना निर्यात गरेर रोजगारी बढाउन सकिने धारणा राखेका छन् । बडादसैँ २०७८ को शुभअवसरमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा आर्थिक पत्रकार आभूषण व्यवसायी अन्तर संवाद’ कार्यक्रमका वक्ताले मौलिक गहना निर्यात देशको आर्थिक विकास र रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान हुने बताए ।
महासङ्घका प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्माले राज्यलाई ठूलो हिस्सामा कर तिरेको सुनचाँदी तथा आभूषण व्यवसायलाई सहजरूपमा चलाउन पाउनुपर्ने माग गरे । उनले व्यवसायलाई मर्यादित बनाएर लैजाने प्रतिबद्धता जनाउँदै नेपाली मौलिक गहना निर्यात गरेर रोजगारी बढाउन सकिने धारणा राखे ।
ब्यवासायीले सुनको आयात तथा खरिद बिक्रीलाई सहज बनाइदिन समेत आग्रह गरेका छन् । उनले व्यवसायलाई मर्यादित बनाएर लैजाने प्रतिबद्धता जनाउँदै सञ्चालनको वातावरण बनाइनदिन सरकारसमक्ष अनुरोध गरेका छन् ।
संस्थाकै विशिष्ट सदस्य रुद्रबहादुर बराइलीले राज्यले नीतिगतरूपमा सम्बोधन गरेको खण्डमा यस व्यवसायबाट धेरैलाई रोजगारी दिन सकिने सकिने बताए । संस्थाका द्वितीय उपाध्यक्ष द्वारिका विश्वकर्माले दैनिक २० किलोको कोटा निर्धारण गरेको यो मागअनुसार धान्नै नसकिएको ले आयत कोटा बढाउनु पर्ने बताए ।
उनले सुनचाँदी व्यवसायमा करिब छ लाख कालिगड भएका कारण नेपालकै कालिगढले यो पेश अवनाएमा भारतब लगायतका स्थानबाट आएका बालिगड विस्तापित भई स्वदेशीले नै रोजगारीको अवसार पाउने बताए । उनका अनुसार नेपाली ४० र विदेशी ६० प्रतिशत कालिगडले काम गर्दै आएकोमा स्वदेशी कालिगढ उत्पादन गर्नको लागि तालिम दिनुपर्ने बताए ।

नेपालले ५० भन्दा बढी देशमा गरगहना पठाउँदै आएको छ । वाणिज्य बैंकमार्फत दैनिक २० केजी सुन बिक्री वितरण हुँदै आएको छ । आयातित सुनमध्ये १० किलो वाग्मती प्रदेश र बाँकी १० किलो ६९ जिल्लालाई जाने गरेको छ । बैंक खाता खोल्न नसकेर सुन ल्याउन समस्या भएको व्यवसायीको गुनासो छ । विश्व बजारमा सुनको गरगहनाको माग बढ्दो छ । मागको ३० प्रतिशत मात्रै आपूर्ति हुने गरेको व्यवसायीको भनाइ छ । महासङ्घको तथ्याङ्कअनुसार देशका ७७ वटै जिल्लामा गरगहना व्यावसायिक फर्म सञ्चालनमा छन् ।

1

Scroll to Top