माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न स्थानका आठ वटा शाखा बन्द गर्ने भएको छ । बैंकले विभिन्न स्थानका आठ वटा शाखा कार्यालय समायोजन गर्ने भएको हो ।
साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । बैंकका अनुसार, चितवनको हाकिमचोक शाखा नारायणगढसँग, काठमाडौंको बालाजु शाखा गोंगबु शाखासँग र खुसीबु शाखा डल्लु शाखामा, कलंकी शाखा स्वयम्भु शाखामा, कोटेश्वर शाखा नयाँ बानेश्वर शाखामा र ठमेल शाखा दरबारमार्ग शाखामा गाभिने भएको छ ।
यसैगरी, बैंकले गण्डकी प्रदेशको लामाचौर शाखा बगर शाखामा र मधेश प्रदेशको वीरगञ्ज (लिंकरोड) शाखा आदर्शनगर शाखामा समायोजन हुने जानकारी दिएको छ ।


