Banijya News

आइपीओ जारी गर्दै बन्दीपुर केबलकार

1
1.0K Shares

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीको पुस २८ गते सम्पन्न तेस्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि प्राथमिक निष्कासन गर्न प्रक्रिया पनि अघि बढाउने भएको हो। कम्पनीको जारी पुँजीको १२% अर्थात् ३० करोड ६० लाख रुपैयाँ बरावरको ३० लाख ६० हजार कित्ता साधारण सेयरको प्रारम्भिक निष्काशन गर्न लागिएको जनाइएको छ ।

यसैगरी, सभामा आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पारित गरिएको छ ।

 

कम्पनीलेसेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक र प्रचलित धितोपत्र सम्बन्धी कानुन बमोजिम सेयर रजिष्ट्रारको रुपमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेडलाई कम्पनीले नियुक्त गरेको छ ।

 

1

Scroll to Top