Banijya News

प्रभु महालक्ष्मी लाइफको ४ लाख ६९ हजार कित्ता शेयर बिक्रीमा

1
1.0K Shares

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ४ लाख ६९ हजार ३०२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ ।

कम्पनीले यसअघि उक्त शेयर साविकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । तर, तोकिएको समयसीमा ३५ दिनसम्म कुनै पनि शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

सो शेयर खरीद गर्न चाहने सर्वसाधारण व्यक्ति वा संघसंस्थाले सूचना प्रकाशित मिति अर्थात् भदौ ९ गतेदेखि सात दिनभित्र नेपाल बीमा प्राधिकरणले तोके बमोजिमको मापदण्ड पूरा हुने आवश्यक कागजात सहित काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

1

Scroll to Top