Banijya News

कुथेली बुखरीको आइपीओ नेप्सेमा सूचिकृत, कतिबाट होला कारोवार ?

1
1.1K Shares

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । यस दिन नेप्सेमा कम्पनीको १२ लाख १८ हजार ६७५ कित्ता शेयर सूचिकृत भएको हो । नेप्सेले कम्पनीलाई केबीएसएच स्टक सिम्बोल प्रदान गरेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारीहरुमा समेत वितरण गरेको २ लाख ४३ हजार ७३५ कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेको ९ लाख ७४ हजार ९४० कित्ता शेयर गरी कुल १२ लाख १८ हजार ६७५ कित्ता शेयर यस दिन नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १५९ रुपैयाँ ६७ पैसादेखि ४७९ रुपैयाँ १ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । यही रेञ्जका आधारमा भोली सोमबार पहिलो पटक कारोवार हुने छ । त्यसपछिका करोवारमा मात्र कम्पनीको शेयर नियमित दोस्रो बजारमा कारोबार हुने व्यवस्था रहेको छ ।

1

Scroll to Top