Banijya News

९ अर्ब ६४ करोडको विकास ऋणपत्र बोलकबोल गर्दै केन्द्रीय बैंक

1
1.1K Shares

नेपाल राष्ट्र बैंकले आज असाज २ गते ९ अर्ब ६४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । असोज ४ गते जारी गर्ने गरी बैंकले छ वर्षे ‘विकास ऋणपत्र २०६८ ‘ठ’ बोलकबोल गर्ने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले यस ऋणपत्रमा आवेदन दिन सक्नेछन् । आज दिउँसो ३ बजेभित्र आवेदन भने भरिसक्नुपर्ने छ ।

सूचना अनुसार कूल रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब १९ करोड ४ लाख रुपैयाँ आपसी प्रतिस्पर्धात्मक प्रणालीमार्फत बाँडफाँड गरिनेछ भने १५ प्रतिशत अर्थात् १ अर्ब ४४ करोड ६ लाख रुपैयाँ विना प्रतिस्पर्धा वितरण गरिनेछ ।

आवेदकले घटीमा ५० हजार रुपैयाँदेखि बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

विकास ऋणपत्रको ब्याज भने अधर्वाषिक अर्थात् ६÷६ महिनामा भुक्तान दिने बैंकले जनाएको छ ।

1

Scroll to Top