Banijya News

उन्नति सहकार्य लघुवित्तको एफपीओमा आजदेखि, लगानी गर्नु कति जोखिम ?

1
1.1K Shares

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।  नेपाल धितोपत्र बोर्डले लघुवित्तलाई असोज २६ गते शुक्रबार एफपीओ बिक्री गर्न अनुमति दिएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।

लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्काशन गरेको हो । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । सो सेयरका लागि लगानीकर्ताले कात्तिक २१ गतेदेखि कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बी प्लस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । यसको शेयर मध्य स्थरको मूल्यमा कामय हुने अनुमान गरिएको छ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हाल लघुवित्तको चुक्ता पूँजी २२ करोड ९० लाख २० हजार ६१८ रुपैयाँ २९ पैसा रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी २४ करोड ६८ लाख ६५ हजार ७३६ रुपैयाँ ३२ पैसा पुग्नेछ।

हाल लघुवित्तको कारोबार गर्ने मुख्य स्थान सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ भैरहवा, रुपन्देहीमा रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको २८ जिल्लामा ८२ शाखा कार्यालयहरु रहेका छन्। कम्पनीले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पुँजीको व्यवस्था गर्नुका साथै जारी पुँजी बढाउन एफपीओ जारी गरेको हो ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

1

Scroll to Top