Banijya News

पाँच महिनामै ६ खर्बको बस्तु आयात, व्यापार घाटा ५ खर्ब ७९ अर्ब

1
1.1K Shares

चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो ५ महिनामै वस्तु आयातको आंकडा ६ खर्ब पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि पुससम्म कुल ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँको वस्तु आयात भएको छ भने ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँको वस्तु निर्यात भएको हो ।

गत वर्षकोभन्दा चालु वर्ष आयात निर्यात दुवै घटेको पाइएको छ। गत वर्षकोभन्दा यस वर्ष ३.३९ प्रतिशतले आयात घटेको छ भने ६.०९ प्रतिशतले निर्यात घटेको हो।

चालु वर्षको मंसिर मसान्तासम्म कुल ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख ९८ हजार रुपैयाँको वैदेशिक व्यापार भएको केन्द्रीय भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

जसअनुसार देशको व्यापार घाटा ५ खर्ब ७९ अर्ब १५ लाख २९ हजार रहेको छ। गत वर्षको सोही अवधिमा ७ खर्ब ३२ अर्ब ५ करोड ९ लाख ५२ हजार रुपैयाँको वैदेशिक व्यापार भएको थियो।

जसमध्ये ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख ५० हजार रुपैयाँको आयात भएको थियो भने ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँको आयात भएको थियो। सो वर्ष देशको व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार रुपैयाँ रहेको थियो।

1

Scroll to Top