Banijya News

ऋण काडेरै डिभीका लागि राहदानी बनाउँदै

1
1.1K Shares

कार्तिक, ५ काठमाडौं । झापा घैंलाडुवाका कुल बहदुर दर्जी घर नजिकै बस्ने छिमेकी काका रामलाल दर्जी सित एमरजेन्सी परेकोले काठमाडौं जान खर्च अपुग भएको भन्दै विस हजार रुपैयाँ सापटी लिएर नाइट बस चढि काठमाडौं हिंडे । उनी यसरी हतारिएर काठमाडौ हिडनुको एकमात्र कारण थियो । समयमा नै राहदानी बनाउनु अनी अमेरिकी डाइभर्सिटी भिसा (डिभी) भर्नु । दर्जीले डिभी भर्नकै लागि पैसा सापटी मागेर काठमाडौं राहदानी बनाउन आएका छन् । दर्जी त एक उदाहरण पात्र मात्र हुन दर्जी जस्तै अमेरिकको चिठ्ठा परेको सपना देख्दै र ऋण काडेरै राहदानी बनाउनेको संख्या दिनानुदिन बढ्दै गएको छ ।

डिभी भर्नको लागि पासपोर्ट अनिवार्य भएपछि अहिले काठमाडौ लगायत देशभरका अधिकांस स्थानमा राहदानी बनाउनेको भिड लागेको छ ।
अमेरिकी सरकारले यसपालीदेखि डीभी आवेदनमा एमआरपी नम्मर अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था गरेपछि देशैभरबाट तत्काल राहदानी बनाउनेहरु काठमाडौ आउदा भीड बढेको हो । असोज १५ गतेबाट खुलेको डीभी आवेदन कात्तिक १५ गतेसम्म भर्न पाइनेछ ।


तत्काल राहदानी लिने व्यवस्था अनुसार सोही दिन लिन १५ हजार शुल्क, १ दिनपछि लिन १२ हजार शुल्क र ३ दिनभित्र लिन १० हजार शुल्क तिर्नुपर्छ भने जिल्लामा ५ हजार रुपैयाँ लिएर २० दिनभित्र पासपोर्ट उपलब्ध गराइन्छ ।

तत्काल एमआरपी लिनेको संख्या बढेपछि राहदानी विभागले काउण्टर थप गरेर बेलुका ९ बजेसम्म आवेदन फर्म बुझने व्यवस्था गर्दै १० जना कर्मचारी काजमा थप गरेको जानकारी दिएको छ ।विभागका अनुसार अन्य समयमा दैनिक औसदमा ५ सय जनाले राहदानीको आवेदन दिने गरेकोमा अहिले दैनिक ३ हजारको हाराहारीमा पुगेको छ ।

1

Scroll to Top