Banijya News

एनआईसीको शाखा प्युठानको लामाचौरमा विस्तार

1
1.1K Shares

फागुन १९, काठमाडौं ।
एनआईसी एशिया बैंकले शाखारहित बैंकिङ सेवा प्युठान लामाचौरमा संचालनमा ल्याएको छ । बैंकले आफ्नो ५५ औं शाखारहित बैंकिङ सेवा प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका ९, लामाचौरमा संचालन गरेको हो ।
शाखारहित बैंकिङ सेवाको उद्घाटन सोही वडाका अध्यक्ष नरबहादुर बुढामगरले गरे भने सो शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा बैंकले गोपालकृष्ण बुढामगरलाई नियुक्त गरेको छ ।
सो सेवाबाट बैंकिङ कारोबारको लागि ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कार्य सहज हुने विश्वास बैंकले लिएको छ ।

1

Scroll to Top