Banijya News

चौविस घण्टामा १२ सय माथिको नमुना परीक्षण, कसैलाई पनि कोरोना नभएको मन्त्रालयको दाबी

1
1.0K Shares

बैशाख २०, काठमाडौँ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ सङ्क्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बताएको छ । नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुनामा कोरोना नदेखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए ।
मन्त्रालयका अनुसाह हाल सम्म नेपालमा ५९ जनामा कोरोना सङ्क्रमण देखिएकोमा ४९ जना पुरुष र १० जना महिला छन् । सङ्क्रमितमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले विराटनगरमा ३१ र वीरगञ्जमा आठ, रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा एक जनाका दरले उपचार भैरहेको छ ।
अहिलेसम्म पीसीआर विधिबाट १३ हजार ९८ वटा परीक्षण भएका छन् । यसैगरी आरडीटी विधिबाट ४८ हजार पाँच सय २९ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

1

Scroll to Top