२१ वैशाख, काठमाडौं ।
आइतबार एकैदिन दश जना संक्रमित थपिएका छन्। जसमा नेपालगञ्जका ९ जना रहेका छन्। नेपालगन्जमा एकैदिन ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेका प्रवक्ता डा विकास देवकोटाले थप १० जना जना समेत गरि ६९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको बताएका हुन्।
उनले नेपालगन्जको प्रयोगशालामा पाँच जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताए। उनीहरु ७ देखि ८५ वर्ष उमेरको रहेको जानकारी प्राप्त भएको देवकोटाले जानकारी दिए।
आइतबार दिउँसो ४ बजेर १५ मिनेट जाँदासम्म २१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा र ७७ जना आइसोलेसनमा रहेको समेत उनले बताए।
आइतबार नै पर्साको वीरगञ्जमा एक जना संक्रमित भेटिएका थिए । नेपालगञ्ज र वीरगञ्ज गरी आइतबार एकै दिन नेपालमा १० जना कोरोना संक्रमित भेटिएका हुन् ।


