प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्दो छ । आइतबार प्रदेश २ मा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना छन् ।
रौतहटमा संक्रमति भएकाहरु मध्ये दुर्गाभगवती क्वारेन्टिनका ८ जना, मदरसा क्वारेन्टिनका १० र गौर क्वारेन्टिनका ११ हुन । उता धनुपाको मुखियापट्टी मुसहरनिया क्वारेन्टिनका ११ जना, गोपाल धर्मशालाको ९ जना र गणेशमान चारनाथ नगरपालिकाकामा एक जना छन् ।
त्यसैगरी सर्लाहीमा संक्रमित भएका मध्ये हरिपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टिनका ३ जना रहेका छन् ।


