Banijya News

कोरोना भाइरस रोकथामका लागि तयार गरेको संभावित खोपको उत्पादन सुरु

1
1.1K Shares

काठमाण्डौ । ब्रिटेनको औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले कोरोना भाइरस रोकथामका लागि तयार गरेको संभावित खोपको उत्पादन सुरु गरेको छ । पहिलो चरणको ट्रायलमा सफल भएको र पूरै सफल भैनसकेको औषधि एस्ट्राजेनेकाले उत्पादन शुरु गरेको हो ।

कम्पनीले अक्सफोर्ड युनिभरसिटीका वैज्ञानिकहरुसँग मिलेर यो खोप विकास गरेको हो । हाल यो ट्रायल बेसमा छ ।

कम्पनीका मालिक पास्कल सोरिअटले भनेका छन–‘एस्ट्राजेनेले यो खोपलाई प्रयोगमा ल्याउन थाल्नुपर्ने निश्कर्ष निकालेको छ ।

हामीलाई आशा छ अब यो खोप प्रत्येक ट्रायलमा सफल बन्दै जानेछ । यसले जब माग बढ्छ, हामीलाई आपूर्तिका लागि पहिलादेखि नै तयार बनाउँछ ।’

कम्पनीले यो खोपको दुई अर्ब खुराक सप्लाई गर्ने क्षमता राख्ने समेत पास्कलले दाबी गरेका छन् । पास्कलका अनुसार यदि यो खोपको आगामी ट्रायलहरु दुर्भाग्यवश असफल भए भने कम्पनीले निकै ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आउनेछ । ‘किनभने यो बीचमा हामीले जे तयार गरेका छौ वा गर्छौ, त्यो सबै त्यसबेला बेकार साबित हुनेछ ।’ उनले अगाडि भनेका छन् । वीवीसीबाट

1

Scroll to Top