क्वारेन्टाइनबाट घर पठाइएका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीको लम्किचुहा नगरपालिकामा पिसिआर रिपोर्ट आउन ढिला भएको जनाउँदै घर पठाईएका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
लम्किचुहा –१ लम्की बहुमुखी क्याम्पस तथा २ को राधा स्वामी सत्सँगको क्वारेन्टाइनमा राखेर गत जेठ २८ गते स्वाब सङ्कलन गरिएका ९३ मध्ये ५८ जनाको रिपोर्टमा कोरोना संक्रमण भएको पाइएको हो ।
स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीका अनुसार भारतबाट तीन हप्ता पहिलो नेपाल आएका उनीहरुको स्वाव संकलन गरेर पठाएको तर लामो समयसम्म पिसिआर रिपोर्ट पनि नआएको र कुनै लक्ष्ण समेत नदेखिएकोले घर पठाईएको थियो । तर ढिलोगरी आएको रिपोर्टमा नै ठूलो परिमाणमा कोरोना संक्रमण देखिएपछि कैलालीमा थप त्रास फैलिएको हो ।
गत जेठ २८ गते स्वाब सङ्कलन गरिएका ९३ मध्ये ५८ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना पुष्टि गरेको छ ।


