श्रावण ४, काठमाडौं ।
साताको पहिलो दिन सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । आईबार छापावाल सुन तोलाको ३ सय रुपैयाँले बढेर ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर तोलामा ९२ हजार ५०० रुपैयाँमा भएको हो । यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तर असार अन्तिम दिन सुनको मूलय सबैभन्दा उच्च भएको थियो। उक्त दिन ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आईतबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ बढेर १ हजार ५ रुपैयाँ कायम भएको छ ।


