Banijya News

आज थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि, ७५ जना डिस्चार्ज

1
1.0K Shares

श्रावण ११, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनाको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ३ सय नमुना परीक्षण गर्दा थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७५ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् ।

आज थपिएका संक्रमित संगै संक्रमितको कुल संख्या १८ हजार ६ सय १३ पुगेको छ । जसमध्ये संक्रिय संक्रमितको संख्या पाँच हजार ४सय ४० रहेको छ । डिस्चार्ज हुनेको कुल संख्या १३ हजार एक सय २८ पुगेको छ । अहिलेसम्म १७ हजार नौ सय ३ क्वारेन्टाइनमा छन् । हाल सम्म  ४५ जनाको मृत्यु भएको छ ।

1

Scroll to Top