काठमाडौं, भदौ १३
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १८६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
शनिबारको स्वास्थय तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि गरे ।
उपत्यकाका थपिएका संक्रमितमा काठमाडाँै १५५ ललितपुर १९ र भक्तपुरका १२ जनामा रहेका छन् ।


