Banijya News

नोबल शान्ति पुरस्कारका लागि मनोनयनमा परे अमेरिकी राष्ट्रपति ट्रम्प

1
1.0K Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व नोबल शान्ति पुरस्कारका लागि मनोनयनमा परेका छन्।

इजरायल र संयुक्त अरब इमिरेट्सबीच शान्ति सम्झौता गराउन सफल भएको भन्दै उनलाई  नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिएको बताइएको छ।

यसअघि पनि सन् २०१८ मा उत्तर कोरियाली तनाव अन्त्य गर्न प्रयास गरेकाले ट्रम्पलाई यस पुरस्कारको लागि नर्वेका संसद र नाटो संसदीय एसेम्बलीका अध्यक्ष क्रिस्टियन टाब्रिङ जेड्डीले मनोनित गरेका थिए। यद्यपी उनले पुरस्कार भने जितेका छैनन्।

1

Scroll to Top